Techie IT
Mission Khabar

औपचारिकामै सिमित मानव बेचविखन विरुद्धको दिवश, बालबालिका र चेलीबेटी उच्च जोखिममा


काठमाडौं–विगत बाह्र वर्षदेखि मानव बेचविखन र ओसारपोसार दिवश मनाइरहेको छ, नेपालले । तर यतिका बर्षसम्म दिवश मनाएको सरकारले मानव बेचबिखन वा वेपत्ता नागरिकका आधिकारिक तथ्याँक संकलन गर्न सकिरहेको छैन । बरु स्वरुप बदल्दै भइरहेको मानव तस्कारी नियन्त्रण सरकार र गैर सरकारी संस्था दुवैका लागि थप चुनौतीको बिषय बनेको छ ।

प्रहरी तथ्यांकले आर्थिक वर्ष ०६८/०६९ मा ११८ वटा बेचविखनविरूद्धका मुद्दा दर्ता भएको, आर्थिक वर्ष ०७४/०७५ मा दोब्बर भन्दा बढीले बृद्धि भई ३०८ पुगेको देखाएको छ । पछिल्लो सात वर्षमा प्रहरीमा दर्ता भएका एक हजार ३ सय ७५ मानव बेचविखन तथा ओसारपसार मुद्दामध्ये सबैभन्दा धेरै महिला र बालिकाका छन् । नेपालबाट यति नै सख्यामा मानव बेचविखन तथा ओसारपसार भएको छ भन्ने एकिन तथ्यांक कोहिसँग छैन ।

बेचविखनविरूद्ध अभियान चलाउँद आएका संस्था प्रत्येक वर्ष आठदेखि १० हजार महिला तथा बालिका विभिन्न प्रयोजनका लागि भारतसहित अन्य मुलुकमा बेचिएको दाबी गर्छन । तर सरकारको तथ्यांकले यो संख्या निक्कै कम देखाएको छ । यता, माइती नेपालले पनि बर्षेनी तीन हजार महिला तथा बालबालिका उद्धार गरेको दाबी गर्दैआएको छ । राष्ट्रिय मानव अधिकार आयोगले पनि दुई वर्ष पहिले हरेक वर्ष आठदेखि साढे आठ हजार महिला तथा बालिका बेचविखनमा परेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

भारतको दिल्लीबाट पछिल्लो समय उद्धार गरेर ल्याइएका १६ महिला यसको ज्वलन्त उदारण हुन । यो तथ्यले पछिलो समय दलालले भारतलाई ‘ट्रान्जिटप्वाइन्ट’ बनाएर नेपाली महिलालाई ओमान, मलेसिया, इराक, लेवनान, लिभिया, तान्जानिया, केन्या तथा खाडीका विभिन्न मुलुकमा ‘सप्लाई’ गर्ने गरेको देखिन्छ । चीन, कोरिया, जापानमा पनि बिवाह रोजगारी लगायतका विभिन्न बहानामा मानव तस्करी भैरहेको छ ।


क्याटेगोरी : विश्व / विविध, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्