Techie IT
Mission Khabar

म्याङ्कुट आँधीको त्रास : दक्षिणी चीनहुँदै आँधी हङकङ र मकाउ प्रवेश गर्दा जनजीवन अस्तव्यस्त, दुईको मृत्यु


काठमाडौं/एजेन्सी– फिलिपिन्सको लुजोनबाट सक्रिय भएको म्याङ्कुट नामक सामुद्रिक आँधी चीनको दक्षिणी क्षेत्रमा प्रवेश गरेपछि त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । आँधीका कारण चीनको गुवाङडोङ प्रान्तसहित हङकङ र मकाउमा ठूलो भौतिक क्षति पुग्नुका साथै लाखौँ प्रभावित भएका छन् ।

चीनिया समाचार संस्था सिन्ह्वाका अनुसार म्याङकुट आँधीले दक्षिणी चीनको जनजीवन अस्तव्यस्त बनाएको छ । वर्षा, डुबान र तीव्र हुरी सहित आएको आँधी प्रतिघण्टा १ सय ६२ किलोमिटरको वेगमा आएको बताइउको छ । उडान, रेलमार्ग र स्थल मार्ग सबै प्रभावित हुँदा लाखौँको जनजीवन कस्टकर बनेको छ । नीनिया अधिकारीका अनुसार यो खबर तयार पार्दासम्म आँधीबाट २ जनाले ज्यान गुमाएका छन् ।

उच्च जोखिम देखिएको गुवाङडोङ क्षेत्रका सर्वसाधारणलाई स्थानीय प्रशासनले घरभित्रै बस्न आग्रह गरिएको छ । उडिरहेका भग्नावशेषबाट बच्न घरभित्र सुरक्षित हुने प्रशासनले बताएको छ । जोखिममा रहेका २५ लाख २० हजार भन्दा बढी मानिसहरुलाई अन्यन्त्र स्थानान्तरण गरिएको छ भने ४८ हजार डुङ्गा फिर्ता गरिएको छ । समुन्द्रमा पानीको सतह बढेर साढे तीन मिटर पुगेपछि जिउँदा माछाहरू सडकमा बगिरहेका छन ।

यता संभावित जोखिम टार्न हङ्कङमा उच्च सतर्कता अपनाइएको छ । अधिकांश पसल र सार्वजनिक सेवा बन्द गरिएको हङ्कङ अन्तर्राष्ट्रिय विमानस्थलको ८ सय भन्दा बढी उडान रद्द गरिएको छ । मकाउनमा समेत आँधीको प्रभाव देखिएपछि, उच्च सतर्कता अपनाइएको छ । जहाँ घर बाहिर ननिस्कन आग्रह गर्दै स्थानीय प्रशासनले जोखिम बारेको अलट सार्वजनिक गर्दै सचेतनामुलक शन्देष आफ्ना नागरिकमा दिइरहेको छ ।


क्याटेगोरी : विश्व / विविध, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्