Techie IT
Mission Khabar

माल्दिभ्सको नयाँ राष्ट्रपति बने सोलिहले, निवर्तमान राष्ट्रपति यामिनलाई सहज सत्ता हस्तान्तरण गर्न आग्रह


एजेन्सी– माल्दिभ्सका नव निर्वाचित राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले सहज रुपमा सत्ता हस्तान्तरण गर्न निवर्तमान राष्ट्रपति अब्दुला यामिनलाई आग्रह गरेका छन् ।

चार दलीय गठबन्धनको साझा उम्मेदवारका रुपमा राष्ट्रपति बन्न सफल भएका सोहिलले आफ्नो विजयलाई खुसीको क्षण भनेका छन् । आफ्ना प्रत्यासी यामिनले जनमतलाई स्वीकार गर्ने उनको विश्वास छ । निवर्तमान राष्ट्रपति यामिनले भने निर्वाचन परिणामबारे केही बोलेका छैनन ।

माल्दिभ्स निर्वाचन आयोगले दिएको जानकारी अनुसार सोहिलले ५८ दशमलब ३ प्रतिशत मत प्राप्त गरेका थिए । जुन मत यामिनले पाएकोभन्दा ९५ हजार ५ सय २६ ले बढी हो । राष्ट्रपतीय निर्वाचनमा ८८ प्रतिशत मत खसेको बताइएको छ ।।


क्याटेगोरी : विश्व / विविध, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्