बन्धुकधारीको गोली प्रहराबाट अमेरिकामा एक प्रहरी मारिए, बन्धक बालबालिका उद्धारमा पुगेका ६ जना घाइते

एजेन्सी–अमेरिकाको साउथ क्यारोलिनामा बन्दुकधारीले सातजना प्रहरी अधिकारीमाथी गोली प्रहार गरेका छन् । गोली लागेका मध्ये एकजना प्रहरीको मृत्यु भएको बताइएको छ ।
बालबालिकालाई बन्धक बनाउनेहरुलाई नियन्त्रणमा लिनेक्रममा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको र ६ जना प्रहरी अधिकारी घाइते भएको बताइएको छ । फ्लोरेन्समा बालबालिकाई बन्धक बनाइएपछि प्रहरीसहितको सरकारी टोली उनीहरुको उद्धारका लागि पुगेको थियो । प्रहरीले दुई घण्टाको प्रयासपछि सबैलाई उद्धार गरी अस्पताल पुर्याउन सफल भएपनि बन्दुकधारीको निशानाबाट भने बच्न सकेनन । अन्धाधुन्दा गोलि चलाउने आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान जारी राखिएको छ भने आक्रमणकारीले के कारणले यस्तो गरेको खुलेको छैन ।
आक्रमणकारीको परिचय समेत प्रहरीले गोप्य राखेको छ । अमेरिकामा अहिलेसम्म यो वर्ष ड्युटिमै रहेका बेला १ सय १२ जनाको मृत्यु भैसकेको छ । सन् २०१७ मा बन्दुक आक्रमणमा परि १५ हजार भन्दा बढीको मृत्यु भएको छ भने हरेक वर्ष बन्दुक प्रहार गरी करिब २२ हजारले आत्महत्या गर्दै आएको सरकारी तथ्यांकले देखाएको छ ।
क्याटेगोरी : विश्व / विविध, समाचार
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्