अमेरिकालाई आईसीजेको जवाफ, इरानमाथीको अत्यावश्यक समानमाथीको प्रतिबन्ध खोल्न आदेश

एजेन्सी– अन्तर्राष्ट्रिय न्यायालय ‘आईसीजे’ले इरानमाथि पुनः लगाइएको प्रतिबन्ध खुकुलो गर्न अमेरिकालाई आदेश दिएको छ । आईसीजेका अध्यक्ष न्यायाधीश अब्दुल कवि युसुफले अमेरिकाले इरानी भूभागमा मानवीय आवश्यकताका सामान रोकेको बारे फैशला गर्दै निर्बाध निर्यात गर्न दिनुपर्ने आदेश गरेका हुन ।
आईसीजेले खानेकुरा र औषधिजस्ता अत्यावश्यक वस्तुको निर्यात नरोक्न भनेको छ । इरानको विदेश मन्त्रालयले आईसीजेको आदेशले अमेरिकी प्रतिबन्धहरूको अवैधानिकता र दमन बाहिर ल्याएको प्रतिक्रिया दिएको छ । यता अमेरिकाले भने आफ्नो राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषय आईसीजेको क्षेत्राधिकार भित्र नपर्ने भनेको छ ।
इरानसँग गरिएको अन्तर्राष्ट्रिय परमाणु सम्झौताबाट बाहिरिएपछि अमेरिकाले पुनः प्रतिबन्ध लगाएपछि इरानी अर्थतन्त्र खस्किएको थियो ।
क्याटेगोरी : विश्व / विविध
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्