Techie IT
Mission Khabar

बेपत्ता भएका इन्टरपोलका प्रमुख मेङ खोज्दै फ्रान्स, आफ्ना नागरिक बारे चीनको मौनता


अन्तर्राष्ट्रिय प्रहरी एजेन्सी ‘इन्टरपोल’का प्रमुख बेपत्ता भएको घटनामाथी फ्रान्सले अनुसन्धान थालेको छ । फ्रान्सबाट चीन भ्रमणमा निस्किएको समयमा हराएका इन्टरपोलका प्रमुख मेङ होङ्वेई बेपत्ता भएको बारे फ्रान्सले खोजी सुरु गरेको हो ।

फ्रान्सको अनुसन्धान टोलीले मेङ फ्रान्सबाट बेपत्ता नभएको दाबी गर्दै आएको छ । गत सेप्टेम्बर २५ मा फ्रान्सको लियोनमा रहेको इन्टरपोलको हेडक्वाटरबाट चीनका लागि निस्किएका बेला हराएको भन्दै मेङकी श्रीमतीले प्रहरीमा उजुरी दिएपछि अनुसन्धान थालिएको बताइएको छ । हङकङको पत्रिका द साउथ चीन मर्निङ्ग पोस्टले ६४ वर्षका मेङलाई सोधपुछका लागि चिनियाँ अधिकारीले लगेको उल्लेख गरे पनि के अनुसन्धान र कहाँ राखिएको खुलाएको छैन ।

चीनिया नागरिक रहेका मेङ बारे चीनले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन । सन् दूई हजार १६ मा ‘इन्टरपोल’का अध्यक्ष निर्वाचित हुनुभन्दा अघि चीन सरकारमा सार्वजनिक सुरक्षा मामिलाका भूतपूर्व उपमन्त्री थिए मेङ । उनको कार्यकाल सन् दुई हजार २० सम्म रहनेछ ।


क्याटेगोरी : विश्व / विविध, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्