नयाँ अमेरिकी राजदूत, बेरी केही दिनमा नेपाल आउने

काठमाडौं – नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत र्यान्डी बेरी केही दिनमा काठमाडौं आइपुग्ने बताइएको छ । अक्टोबर तीनमा राजदूतको रुपमा सपथ लिएका बेरी केही दिनमा नेपाल आउन लागेको काठमाडौंस्थित अमेरिकी दूताबासले जानकारी दिएको हो ।
दूतावासका अनुसार बेरीले डेपुटी चिफ अफ मिसनको रूपमा सन् २००७ देखि २००९ सम्म नेपालस्थित अमेरिकी दूतावासमा काम गरेका थिए । सन् १९९३ मा अमेरिकाको परराष्ट्र सेवामा प्रवेश गरेका बेरीसँग बंगलादेश, दक्षिण अफ्रिका, इजिप्ट, र युगाण्डास्थित अमेरिकी नियोगमा कुटनीतिज्ञको रुपमा काम गरेको अनुभव पनि छ । नेपालको राजदूत नियुक्त हुनुअघि उनी न्युजिल्याण्डमा कार्यरत थिए ।
समलंगी अधिकारकर्मी समेत रहेका बेरीलाई पूर्व अमेरिकी राष्ट्रपति बाराक ओवामाले समलिंगी अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय दूत नियुक्त गरेका थिए ।
क्याटेगोरी : विश्व / विविध, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्