Techie IT
Mission Khabar

दक्षिण सुडानको ब्लु हाउस जेलमा बन्दीको विद्रोह, हतियार सहित जेल अधिकारी कब्जा


एजेन्सी–दक्षिण सुडानको राजधानी जुबास्थिति एक कारागारका बन्दीले जेलको हतियार भण्डारण कक्षबाट हतियार कब्जामा लिएर विद्रोह गरेका छन् ।

हतियार सहित बिद्रोही बन्दीले दुईजना जेल अधिकारीलाई समेत कब्जामा लिइएको बताइएको छ । विद्रोहको खबर पाएसँगै सुरक्षाकर्मीबाट ‘ब्लु हाउस’ जेललाई घेराबन्दीमा राखेर सुरक्षा सतर्कता बढाइएको छ । जेलमा रहेका चार सय बन्दीमध्ये करिब दुई सय जनाले विद्रोह गरेको र तीमध्ये दर्जनौँ बन्दीले ब्लु हाउस जेलको छतमा उक्लेर हतियार प्रदर्शन समेत गरेको बताइएको छ । बिद्रोही बन्दीले लडाइँ नचाहेको भन्दै आफूहरुको आवाज सुनिनुपर्ने बताएका छन् ।

पाँच वर्ष लामो गृहयुद्ध अन्त्य गर्ने शान्ति सम्झौताअनुसार राजनीतिक बन्दीहरू रिहा गर्ने प्रतिबद्धता राष्ट्रपति साल्भा किइरले पूरा गर्नुपर्ने उनीहरुको माग छ । सो जेलका कतिपय बन्दीले बिना कुनै अभियोग वर्षौंदेखि कारागारमा राखिएको भन्दै बिरोध गर्दै आएका छन् ।


क्याटेगोरी : विश्व / विविध, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्