राष्ट्रसंघका लागि अमेरिकी राजदुत निक्कीको राजीनामा, बाध्यता कि आवश्यकता ?

एजेन्सी– राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले राजीनामा दिएकी छिन् । अमेरिकी मन्त्रिपरिषद् सदस्यका रुपमा बैठकमा सहभागिता पाउने हैसियत कि राजदूत निक्कीको आकस्मिक राजीनामालाई अर्थपुर्ण रुपमा हेरिएको छ ।
पारिवारिक श्रोतले राजीनामा गरेको पुष्टि गरेका छन् भने उनी र राष्ट्रपति ट्रमबीच ह्वाइट हाउसमा अमेरिकी समय अनुसार १० बजे भेटघाट हुने बताइएको छ । राजीनामाको कारण र भेट बारे अहिलेसम्म केही खुलेको छैन । यसअघी, संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदबाट अमेरीका बाहिरिने समयमा मानवअघिकार परिषदलाई राजनीतिक पूर्वाग्रह थुपार्ने खाल्डोको संज्ञा दिदै राजुत निक्कीले ट्रम्पलाई साथ दिएकी थिइन् । अझ, उनै राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्कीले पाखण्डी र आफ्नै मात्रै सेवामा केन्द्रित निकायले मावन अधिकारलाई मजाक बनाएको आरोप लगाएकी थिइन् ।
अमेरिकाबाट बाह्य राष्ट्रमा नियुक्त हुने राजदूत मध्य राष्ट्रसंघका राजदूत सबैभन्दा शक्तिशालि मानिन्छन् । जसलाई मन्त्रिपरिषद् सदस्यको हैसियत दिइएको हुन्छ । अकस्मात आएको यो राजीनामाको प्रभाव कस्तो हुन्छ ? यो आफै खुल्दै जानेछ ।
क्याटेगोरी : विश्व / विविध, समाचार
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्