Techie IT
Mission Khabar

माइकल आँधी : मध्य अमेरिकामा आँधीबाट १४ जनाको मृत्यु, फ्लोरिडा सबैभन्दा बढी प्रभावित


एजेन्सी–माइकल आँधीमा परि मध्य अमेरिकामा १४ जनाको मृत्यु भएको छ । आँधीले होण्डुरसमा ६, निकारागुवामा ४ तथा एल साल्भाडोरमा ३ जनाको मृत्यु भएको हो । अमेरिकामा भने अहिलेसम्म एकजनाको मात्रै मृत्यु भएको बताइएको छ ।

 

आँधीका कारण ढलेको रुखले घर च्याप्दा फ्लोरिडामा एक पुरुषको मृत्यु भएको हो । माइकल आँधीले फ्लोरिडाको जनजीवन अस्तव्यस्त बनाएको छ । समूद्र किनार नजिकका बस्तीमा ठूलो बाढी आउँदा घरहरु डुबेका छन् । तीव्र गतिको हुरीका कारण रुखहरु जरैदेखि ढालेका छन् ।

फ्लोरिडाका गभर्नर रिक स्कटले आँधीले कल्पना नै नगरिएको क्षति गराएको भन्दै माइकल आँधी एकसय वर्ष यताकै शक्तिशाली रहेको बताए । फ्लोरिडाका तीन लाख ७० हजार भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने सरकारले सतर्क रहन अपिल गर्दै आँधीको गति र अवस्था बारे सार्वजनिक सूचनाको प्रवाह गरिरहेको छ ।

क्याटेगोरी थ्री मा झरेको आँधीका कारण दुई सय किलोमिटर प्रतिघण्टाको गतिमा हुरी चलेको र पहिरो गएको छ । आँधी अलाबामाहुँदै जर्जिया पुग्ने बेलासम्म पनि शक्तिशाली रहने मौसमविद्हरुले आँकलन गरेका छन् ।


क्याटेगोरी : विश्व / विविध, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्