Techie IT
Mission Khabar

परमाणु हतियार बनाउने अमेरिकाको चेतावनी, आफू पनि कम नभएको भन्दै रुसले दियो जवाफ


काठमाडौं\एजेन्सी– अमेरिकाले रुस र चीनलाई दबाब दिन परमाणु हतियार बनाउने चेतावनी दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले परमाणु हतियारबाट अमेरिकालाई मजबुत बनाउने चेतावनी दिएका हुन् ।

यो चेतावनीलाई राष्ट्रपति ट्रम्पले विभिन्न सन्धी सम्झौता पालना नगर्ने सबैप्रतिको धम्कीका रुपमा अर्थ्याएका छन् । सञ्चारकर्मीसँग ट्रम्पले भनेका छन्– ‘अमेरिकाले हतियार बनाएपछि मात्रै मानिसहरु होसमा आउनेछन् ।’ रुसले १९८७ मा भएको मध्यम दुरीको मिसाइलमा प्रतिवन्ध लगाउने सन्धिको उल्लंघन गरेको आरोपलाई दोहोर्याएका ट्रम्पले अमेरिका परमाणुमा बलियो बन्नुपर्ने भनेका छन् ।

शीतयुद्धको बेला भएको सन्धि यूरोपियन देशमा तत्कालीन सोभियत संघ (हालको रुस) मा खतरा कम गर्न भन्दै लागू गरिएको थियो । यता, रुसले भने अमेरिकी आरोपको खण्डन गर्दै आएको छ । अमेरिकाले हतियार बनाएमा आफूले पनि बनाउने रुसको चेतावनी छ ।


क्याटेगोरी : विश्व / विविध, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्