Techie IT
Mission Khabar

साउदी अरेबियालाई ट्रम्पको जवाफ, पत्रकार खशोग्गी बारेको प्रतिक्रिया खराब ढाकछोप भएको दाबी


एजेन्सी– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पत्रकार जमाल खशोग्गीको हत्याबारे साउदी अरेबियाको प्रतिक्रियालाई ‘हालसम्मकै खराब ढाकछोप’ को संज्ञा दिएका छन् ।

ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले पत्रकार खशोज्गीको हत्याबारे साउदी अरेवियाको प्रतिक्रिया लज्जास्पद र ढाकछोपका लागि मात्रै भएको बताएका हुन् । उनले हत्याको सोच बनाउने ब्यक्ति नै यतिबेला ठूलो समस्यामा रहेको बताएका छन् ।

अमेरिकी विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विदेशमन्त्री पोम्पेओले हिंसाको माध्यमबाट एकजना पत्रकारको मुख थुन्ने बर्बर कृत्य अमेरिकालाई सह्य नहुने चेतावनी दिएका थिए ।


क्याटेगोरी : विश्व / विविध, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्