Techie IT
Mission Khabar

पत्रकार खशोग्गी हत्यालाई लिएर अमेरिकाबाट २१ साउदी अरेबियाली अधिकारीमाथी प्रतिबन्ध


एजेन्सी–पत्रकार जमाल खशोग्गी हत्या घटनाले विश्वभर तरंग पैदा गरेको छ । यहि घटनालाई लिएर अमेरिकाले २१ साउदी अरेबियाली धिकारीमाथि प्रतिबन्ध नै लगाएको छ ।

अमेरिकी विदेश विभागले भिसा रद्द गरिएका २१ साउदी अधिकारीलाई भविष्यमा पुनः भिसा जारी नगरिने जानकारी दिएको छ । विदेशमन्त्री माइक पोम्पेओले भनेका छन्, यो प्रतिबन्ध अन्तिम कारवाही होइन् । यसबारे थप खुलासा भएपछि अन्य कदम उठाइने पोप्पेओले बताएका छन् । अमेरिकाले पत्रकारविरुद्धको हिंसा सहन नसक्ने घटना भन्दै आएको छ ।

टर्कीका राष्ट्रपति रेशेप तैयप एर्दोगानले साउदी अधिकारीको भिसा रद्द गर्ने घोषणा गरे लगत्तै अमेरिकाले पनि उस्तै प्रतिबन्ध सार्वजनिक गरेको हो । अझ, राष्ट्रपति एर्दोगानले त खशोग्गीको हत्या साउदी दूतावासमा नै गरिएको दाबी गरेका थिए ।


क्याटेगोरी : विश्व / विविध, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्