चिनिया र पाकिस्तानी प्रधानमन्त्रीबीचको भेट, उर्जा र यातायात सेवा विस्तारमा समझदारी

एजेन्सी–पाकिस्तानका प्रधानमन्त्री इमरान खान र चिनिया प्रधानमन्त्री लि खछ्याङबीच भेटवार्ता भएको छ । बेइजिङमा भएको भेटमा दुई देशबीच उर्जा र यातायात सेवा विस्तार गर्ने समझदारी भएको छ ।
पाकिस्तानी प्रधानमन्त्री खानले भेटका क्रममा चीनको सहयोगले मात्रै पाकिस्तान सम्बृद्धितर्फ जानसक्ने बताए । चिनिया प्रधानमन्त्री लिले पनि दुई देशको सम्वन्ध सकारात्मक रहेको बताउँदै पाकिस्तान चीनको असल साझेदार रहेको र रहिरहने बताएका थिए । खछ्याङले पाकिस्तान सधै चीनको प्राथमिकतामा पर्ने विश्वास दिलाए । भेटवार्ताका क्रममा पाकिस्तानी प्रधानमन्त्री खानले चिनिया प्रधानमन्त्री लि खछ्याङलाई पाकिस्तान भ्रमणको निमन्त्रणा दिएका थिए । खान र चिनिया राष्ट्रपति सी जिङपिङबीच भने यसअघि नै भेटवार्ता भएको छ ।
पाकिस्तानमा चीनको लगानी ठुलो छ । दुई देशले चीन–पाकिस्तान आर्थिक करिडोर बनाउँदै छन् भने ‘बेल्ट एण्ड रोड इनिसियटिभ ‘विआरआई’ लगायतका ठूला परियोजनामा पनि चीन र पाकिस्तानबीच सहकार्य रहँदैआएको छ ।
क्याटेगोरी : विश्व / विविध, समाचार
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्