Techie IT
Mission Khabar

८१ हजारभन्दा बढी एकाउन्ट ह्याक भएपछि फेसवुकले भन्यो– थप एकाउन्ट प्रभावित हुँदैनन


एजेन्सी/काठमाडौं– फेसवुकका ८१ हजारभन्दा बढि प्रयोगकर्ता एकाउन्ट ह्याकरको सिकार भएका छन् । ह्याकरहरुले एकाउन्ट ह्याक गरेर फेसवुकको ‘प्राइभेट म्यासेज’ प्रकाशित गरेपछि ८१ हजार बढी प्रयोगकर्ताको एकाउन्स अरुको कब्जामा पुगेको हो ।

ह्याक भएका फेसवुक एकाउन्ट युक्रेन र रुसका प्रयोगकर्ताका छन् । बेलायत, अमेरिका, ब्राजिल र विश्वका अरु देशका प्रयोगकर्ताको जानकारी पनि आफुहरुसँग रहेको ह्याकरको दावी छ । ह्याकरले आफूहरुसँग १ सय २० मिलियन फेसबुक एकाउन्टको विस्तृत जानकारी रहेको दावि गरेर एउटा एकाउन्ट १० सेन्टमा बेच्ने विज्ञापन प्रकाशित गरेका छन् ।

यता, फेसबुकले प्रयोगकर्ताको गोपनियतामा कुनै पनि किसिमको सम्झौता नगरिने बताएको छ । थप एकाउन्ट प्रभावित नहुन दाबी गरेको फेसबुकले सुरक्षात्मक उपाय अपनाएर प्रयोगकर्ताको गोपनियताको सुरक्षा गरिएको बताएको छ ।


क्याटेगोरी : विश्व / विविध, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्