सम्झनामा प्रथम विश्वयुद्ध, सय बर्षको स्मरणले विश्वका ७० शक्तिशाली नेतालाई पुर्यायो फ्रान्स

एजेन्सी– प्रथम विश्वयुद्ध अन्त्यको एक सय बर्ष पुगेको सम्झना गर्दै फ्रान्समा विशेष कार्यक्रम आयोजना भयो । पहिलो विश्वयुद्ध सकिएको एक सय वर्ष पुगेको अवसरमा आयोजित समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, जर्मन चान्सलर एंगेला मर्केल लगायतका ७० जना विश्वका शक्तिशाली नेता फ्रान्समा भेला भए ।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन र जर्मन चान्सलर मर्केलले स्मृति पुस्तिकामा हस्ताक्षर गरेर प्रथम विश्वयुद्ध अन्त्य भएको दिनको सम्झना गरेका थिए । सन् १९१८ मा युद्ध अन्त्य भएको सम्झौता एउटा ट्रेनमा गरिएझैँ प्रतीकात्मक रूपमा ट्रेनमा बसेर दुई नेताले स्मृतिपुस्तिकामा हस्ताक्षर गरे । मर्केल र म्याक्रोनले फ्रान्स जर्मनीबीच मेलमिलाप दर्शाउने एउटा शिलालेखको अनावरण गरेर शान्ति र मेलमिलापको कामना गरेका थिए ।
अज्ञात सैनिकहरूको चिहान रहेको ठाउँमा विश्वयुद्धको सम्झनामा विशेष कार्यक्रम गरिएपनि सुरक्षाको कारण देखाउदै अमेरिकी राष्ट्रपति ट्रम्प भने पूर्वनिर्धारित भ्रमणबाट पछि हटे ।
क्याटेगोरी : विश्व / विविध, समाचार
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्