Techie IT
Mission Khabar

पत्रकार खशोग्गी हत्यामा प्रयोग भएका सामाग्रीको पहिचान, हत्या योजना र संलग्नता अझै रहश्यमा 


एजेन्सी– साउदी पत्रकार जमाल खशोग्गी हत्यामा संलग्न व्यक्तिसँग रहेका हतियारको विवरण सार्वजनिक गरिएको छ । खशोग्गीको हत्या लगत्तै टर्की छोडेका साउदी एजेन्टसँग सुई, इलेक्ट्रिक सक उपकरण, सानो आकारको चक्कु सहितका सामान रहेको खुलाशा भएको हो ।

ब्यागको एक्स–रे तस्बिरका आधारमा यी सामानको पहिचान भएको टर्कीले दावी छ । हत्यापछि खशोग्गीको शरीर नष्ट गर्नका लागि यीनै सामग्री प्रयोग गरिएको अनुमान गरिएको छ । हत्यामा सग्लनले प्रयोग गरेका सामान सहितको झोलाहरु टर्की प्रहरीले नियन्त्रणमा लिएपनि कूटनीतिक व्यवस्थाका कारण खोलिएको छैन । यी सामाग्रीको पहिचानले खशोग्गीको हत्या योजनाबद्ध रुपमा भएको आशंकालाई थप बल दिएको छ । यता, साउदी अरेबियाले भने खशोग्गीको हत्याका बारे सरकारी निकायलाई कुनै जानकारी नरहेको र हत्या खराब नियतका एजेन्टबाट भएको बताउँदै आएको छ ।

यसअघि टर्कीका राष्ट्रपति रेजेप तैयप एर्डोगानले साउदी अरेबियाका उच्चस्तरका शासकको निर्देशनमा खशोग्गीको हत्या भएको आरोप लगाएका थिए । साउदी युवराज मोहम्मद बिन सलमानको आलोचक भएका कारण खशोग्गीको हत्या गरिएको आशंका गरिएको छ ।


क्याटेगोरी : विश्व / विविध, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्