Techie IT
Mission Khabar

उत्तर कोरियाले गर्यो नयाँ अस्त्र परिक्षण, तोडियो परमाणु निशस्त्रीकरणको प्रतिबद्धता


एजेन्सी–परमाणु निशस्त्रीकरणको प्रतिबद्धता गरेपनि उत्तर कोरियाले नयाँ अस्त्रको परीक्षण थालेको छ । उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएका अनुसार उच्च प्रविधियुक्त एउटा नयाँ अस्त्र परीक्षण भएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले राष्ट्रिय प्रतिरक्षा विज्ञान प्रतिष्ठानमा उच्च प्रविधियुक्त जनाइएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार पछिल्लो परीक्षणप्रति किम निक्कै धेरै सन्तुष्ट छन् । परीक्षण गरिएको नयाँ अस्त्र कस्तो खालको हो, कति क्षमता छ भन्नेबारे विस्तृत विवरण खुलाइएको छैन । उत्तर कोरियाबाट परीक्षण गरिएको अस्त्र बारे अध्ययन गरिरहेको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरियाको यो बर्ष यो नै पहिलो महत्वपूर्ण परीक्षण हो ।

गत जुनमा उत्तर कोरियाली नेता किमले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको वार्तापछि परमाणु निशस्त्रीकरणको प्रतिबद्धता जनाएका थिए । ट्रम्प किमबीच दोस्रो शिखर बैठकको मिति तोक्ने तयारी भैरहेको बेला परिक्षण गरिएको नयाँ अस्त्रलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


क्याटेगोरी : विश्व / विविध, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्