Techie IT
Mission Khabar

नेपालमा भूकम्पीय विपद्ध दोहोरिनसक्ने भारतीय भूगर्भविद्को दावी सुरक्षित र बलियो आवास निर्माणको आह्वान


काठमाडौं–नेपालमा केही समयमै ठूलो भूकम्प जाने सम्भावनाको प्रक्षेपण गरिएको छ । भारतीय वैत्रानिकहरुले हिमालय क्षेत्रसहित नेपालमा भूकम्पको जोखिम रहेको दाबी गर्दै सुरक्षित र बलियो बासस्थान निर्माणको आह्वान गरेका हुन् ।

जवाहरलाल नेहरु सेन्टर फर एड्भान्स साइन्टिफिक रिसर्चका लागि भूगर्भिवद् सीपी राजेन्द्रको नेतृत्वमा गरिएको भौगर्भिक अनुसन्धानले नेपाको पश्चिम क्षेत्रमा भूकम्पको उच्च जोखिम देखाएको छ । अनुसन्धानकर्ताका अनुसार तीन वर्ष लगाएर गरिएएको अध्ययनबाट भारतको उत्तराखण्ड र नेपालको पश्चिम क्षेत्रमा निकट भविष्यमै ठूलो भूकम्प जाने आँकलन गरिएको छ ।

यो अध्ययनलाई आधार मानेर उनीहरुले जुन कुनै समय जोखिम निम्तिनसक्नेतर्फ शंकेत गर्दै सुरक्षित रहन आह्वान पनी गरेका छन् ।


क्याटेगोरी : विश्व / विविध, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्