ब्रेक्जिट बहस : बेलायत मार्च अगावै बाहिरिए ‘सम्झौताविहीन आकस्मिक योजना’ ल्याउने युरोपेली आयोगको तयारी

एजेन्सी /काठमाडौं–बेलायतले आगामी मार्च अगावै युरोपेली संघ त्याग गरेमा युरोपेली आयोगले ‘सम्झौताविहीन आकस्मिक योजना’ सार्वजनिक गर्ने भएको छ । आयोगले यो योजनामार्फत बेलायतको बहिर्गमनबाट संघलाई पुग्ने सम्भावित क्षती घटाउने अपेक्षा गरेको छ ।
मुख्यतः दुवै राजनीतिक निकायका वित्त र यातायातमा पुग्ने क्षतीलाई नियन्त्रण गर्न यो अभियान चाल्न लागिएको हो । यसक्रममा युरोपेली आयोगले ८ विभिन्न क्षेत्रमा आधारित १४ वटा कोरा प्रस्ताव सार्वजनिक गर्ने तयारी गरिरहेको छ । आयोगको प्रस्तावमा सडक र भन्सारलाई समेटिने छ । अन्य क्षेत्रहरुमा गोप्य तथ्यांकको संरक्षण, पशु स्वस्थ्य र बोटबिरुवा, जलवायू नीति तथा संघमा आवद्ध मुलुकमा वसोवास गरिरहेका बेलायती नागरिकको अवस्थालगायत रहेका छन् । बेलायती प्रधानमन्त्री टेरिसा मेले प्रस्ताव गरेको ‘ब्रेक्जिट’ योजनाले अप्रत्यासित विवादको सामना गरिरहेका बेला युरोपेली आयोग र बेलायत दुवैले सम्भावित जटीलता न्यूनिकरणका लागि तयारी थालेका हुन् ।
बेलायत सरकारले यही प्रयोजनका लागि २ दशमलब ५ विलियन डलर छुट्याइ सकेको छ । ब्रसेल्सले भने बेलायतको औपचारिक बहिर्गमनका लागि निश्चित समयसीमा तोकिने र उक्त अवधिभित्र बेलायतले ‘ब्रेक्जिट’सम्बन्धी समस्या सुल्झाउन नसके कुनै पूर्वसहमति बिना निस्कर्षमा पुग्ने अडान दोहो¥याउदै आएको छ ।
क्याटेगोरी : विश्व / विविध, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्