Techie IT
Mission Khabar

अमेरिकी संघीय निकाय खर्चविहीन, बजेट रोकेको भन्दै राष्ट्रपति ट्रमको  चर्को आलोचना


एजेन्सी– बजेटमा देखिएको गतिरोध समाधानमा ट्रम सरकार गम्भिर नबनेपछि अमेरिकाका सरकारी कार्यालय आंशिक रुपमा बन्द हुन थालेका छन् । बजेटमा रहेको असहमति अन्त्य गर्न अमेरिकी सिनेटरबिचको छलफल निष्कर्ष बिहीन भएपछि सरकारी काम प्रभावित भएको हो ।

अमेरिकी संसदको तल्लो सदनमा सरकारी खर्च सम्बन्धी विधेयकहरू पारित नभएपछि अमेरिकी संघीय निकाय खर्चविहीन भएका छन् । खर्चको अभावमा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी, यातायात, कृषि, विदेश र न्याय विभाग अन्तर्गतका कार्यालयको काम बन्द भएका छन् । राष्ट्रिय निकुञ्ज तथा जंगलसँग सम्बन्धित कार्यालयको काम प्रभावित भएको छ । सरकारी कार्यालय आंशिक रुपमा ठप्प भएको चालू बर्षमा यो तेस्रो पटक हो । क्रिसमसको मुखमा अमेरिकाभरका करिब १० लाख संघीय कर्मचारी खर्च अभावले प्रभावित भएका छन् । नयाँ सहमति नभएसम्म अमेरिका सरकारका एक चौथाई संघीय कार्यलयको दैनिक कार्यसञ्चालनका लागि चाहिने रकम अभाव हुनेछ ।

ट्रम्पले सरकारी कामकाज सञ्चालनका लागि विभिन्न कार्यालयलाई दिइने कोषबाट मेक्सिकोको सीमा क्षेत्रमा पर्खाल बनाउन रकम छुट्टाउनुपर्ने अडान राखेपछि संकट गहिरिएको छ । ट्रम्पले पर्खाल लगाउने आफ्नो योजनामा डेमोक्रेटिक पार्टीले समर्थन नगरे सरकारी खर्च लामो समयसम्म बन्द गर्ने चेतावनी दिदैआएका छन् । खर्च विधयेक अस्विकृत भएपछि विपक्षी नेताले ट्रम्पको चर्को आलोचना गरेका छन् । ट्रम्पको आवेग र रिसले क्रिसमसको बेला सरकारी खर्च बन्द भएको विपक्षीको आरोप छ ।

मेक्सिकोतर्फको सिमानामा पर्खाल लगाउन ट्रम्पले ६ अर्ब डलरको माग गरेका छन् । यो प्रस्ताव अमेरिकी तल्लो सदनवाट पारित भएपनि विपक्षीहरुबाट आलोचना बढ्दा माथिल्लो सदन सिनेटबाट अस्वीकृत हुने अनुमान गरिएको छ ।


क्याटेगोरी : विश्व / विविध, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्