Techie IT
Mission Khabar

जापानका परराष्ट्रमन्त्री पुस २५ गते नेपाल आउँदै, दुईदिने औपचारिक भ्रमण तय


काठमाडौं–जापानका परराष्ट्रमन्त्री तारो कोनो आगामी पुस २५ गते नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् ।

मंसिर १ देखि ५ गतेसम्म जापानको औपचारिक भ्रमण गएको बेला परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोनोलाई भ्रमणको निम्तो दिएका थिए । पछिल्लो समय नेपालको सडक, पूर्वाधार निर्माण र विद्युत उत्पादनमा जापानले अनुदान, ऋण तथा प्राविधिक सहयोग गर्दै आएको छ ।


क्याटेगोरी : विश्व / विविध, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्