Techie IT
Mission Khabar

अफगानिस्तानको राजधानी काबुलस्थित एक सरकारी कार्यालयमा आत्मघाती बिस्फोट, कम्तिमा २८ को मृत्यु


एजेन्सी–अफगानिस्तानको राजधानी काबुलस्थित एक सरकारी भवन परिषरमा भएको आक्रमणमा परि २८ जनाले ज्यान गुमाएका छन् । आक्रमणकारीले अफगानिस्तानको मिनिस्ट्री अफ पब्लिक वर्कसको परिषरमा बिस्फोट तथा गोली प्रहार गरेर २८ जनाको ज्यान लिएका हुन् ।

अन्धाधुन्ध गोली प्रहार तथा आत्मघाती बम बिस्फोटमा परेर कम्तिमा पनि २० जना घाइते भएको सरकारी अधिकारीहरुले बताएका छन् । सोमबार घटना भएका बेला मन्त्रायलमा रहेकासयौँ कर्मचारीबीच भागाभाग भएको थियो भने थुप्रै फसेका थिए । आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले नलिए पनि इस्लामिक स्टेट (आइएस) वा तालिबान मध्ये एकले गरेको हुनसक्ने आशंका गरिएको छ ।


क्याटेगोरी : विश्व / विविध, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्