इन्डोनेसियामा ज्वालामुखी र सुनामीको संन्त्रास, ज्यान गुमाउनेको संख्या ३ सय ७३ पुग्यो

एजेन्सी–इन्डोनेसियाको क्राकातोए ज्वालामुखी बिस्फोटपछि फैलिएको सुनामीका कारण ज्यान गुमाउनेको संख्या ३ सय ७३ पुगेको छ । इन्डोनेसियाको विपद व्यवस्थापन एजेन्सीका अनुसार अहिलेसम्म सुनामीका कारण ३ सय ७३ जनाको ज्यान गएको हो ।
शनिबार राति गएको सुनामीबाट इन्डोनेसियाको जाभा र सुमात्राका आइल्याण्ड क्षेत्र बढी प्रभावित भएका थिए । ज्वालामुखी बिस्फोट भएका कारण आइल्याण्डसँग जोडिएको समुद्री क्षेत्रमा पहिरो जादा सुनामी आएको बताइएको छ । सुनामीमा परि १४ सय ५९ जना घाइते भएका छन् भने १ सय २८ भन्दा बढी अझै बेपत्ता रहेको अधिकारीहरुले जनाएका छन् । एनाक क्राकातोए ज्वालामुखी आइतबार पुन ः लाभा र खरानी सहित बिस्फोट भएको थियो ।
अझै ज्वालामुखी बिस्फोट र सुनामीको जोखिम उच्च रहेको भन्दै सचेत रहन भनिएको छ । राजधानी जकार्ता नजिकै रहेको विश्व प्रशिद्ध पर्यटकीय गन्तव्य आसपासमा सुनामीको असर परेको पाइएको छ । सन्डा स्ट्रेटका पानडेग्लाङ्ग, सेराङ्ग र दक्षिण लामपुङ्ग क्षेत्र प्रभावित भएका छन् । क्राकातोए ज्वालामुखीबाट निस्कएको लाभा पाँच सय मिटर माथिसम्म फैलिदा त्रासदी बढेको थियो ।
यसअघि सन् २००४ को डिसेम्बर २६ मा भूकम्पपछि गएको सुनामीमा परेर १३ देशका दुई लाख २६ हजार मानिसको ज्यान गएको थियो । यसरी ज्यान गुमाउनेमा इन्डोनेसियाका मात्रै एक लाख २० हजार भन्दा बढी थिए । इन्डोनेसियाको विपद व्यवस्थापन एजेन्सीले अहिलेपनि जोखिम टरिनसकेको भन्दै सजक रहन प्रभावित क्षेत्रका स्थानीयलाई सचेत गराइरहेको छ ।
क्याटेगोरी : विश्व / विविध, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्