Techie IT
Mission Khabar

शक्तिशाली महिलाको ह्याट्रिक, बंगलादेशको प्रधानमन्त्रीमा शेख हसिनाको तेश्रो कार्यकाल


काठमाडौं । बंगलादेशको प्रधानमन्त्रीमा फेरि पनि शेख हसिना विजयी भइन् । उनको यो अपराजित यात्राले शक्तिशाली महिलाका रुपमा दरिएकी हसिनालाई ह्याट्रिक गर्ने मौका दिएको छ ।

बंगलादेशको निर्वाचन आयोगले जनाए अनुसार संसदको ३५० मध्ये २८१ सिटमा हसिनाको पार्टी अवामी लीगले जित हात पर्दा विपक्षी दल सात सिटमा सिमित भएको छ । आइतबारको निर्वाचनले हसिनालाई नै तेस्रो कार्यकालका लागि बंगलादेशको नेतृत्व सुम्पिएपनि बिवाद भने बल्झिएको छ । हसिनाको पार्टी अवामी लिग सन् २००८ देखि बंगलादेशको सत्तामा छ । तर विपक्षीहरुले पुनः निर्वाचनको माग गर्दै परिणाम अस्विकार गर्ने बताएका छन् ।

विपक्षी दल बंगलादेश नेशनल पार्टी (बीएनपी)का नेता कमाल हुसेनले सरकारले धाँधली गरेर चुनाव आफ्नो पक्षमा पारेको आरोप लगाउँदै निश्पक्ष सरकार मार्फत पुनः चुनावको माग गरेका छन् । हिंसात्मक झडपकाबीच सम्पन्न भएको बंगलादेश निर्वाचनका क्रममा १७ जनाको ज्यान गएको छ । यसलाई पनि विपक्षीहरुले मुद्धा बनाएका छन् ।


क्याटेगोरी : विश्व / विविध, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्