अतिसवाजी र रौनकताका साथ सुरु भयो बर्ष २०१९, पुरा होला त आम अपेक्षा ?

काठमाडौं–अहिले १२ बजेसँगै नयाँ वर्ष २०१९ सुरु भएको छ । वर्षान्तमा अतिसवाजी सहित रमाइलो माहौँलमा इब मनाइएको छ भने इस्वी सम्वत प्रचलनमा रहेका देशहरुमा नयाँ जोस, उमंग, जाँगरका साथ नयाँ वर्षको स्वागत गरिदै छ । पुरानो बर्षको बिदाई र नयाँ बर्षको स्वागतमा यतिबेला विश्व नै ब्यस्त छ ।
नेपालमा पनि ठमेल दरबारमार्ग लगायतका स्थानमा भेला भएर मनोरञ्जनका साथ पुरानो बर्षको बिदाईसँगै नयाँ बर्षलाई स्वागत गरिएको छ । एक आपसमा शुभकामना तथा उपहार आदानप्रदान गर्नेहरु पनि उल्लेख्य देखिएका छन् । नयाँ वर्षको पूर्व सन्ध्या देखि सुरु भएको यो माहौँलले पहिलो दिनसम्म निरन्तरता पाउनेछ । सहरी क्षेत्रका होटल र पार्कमा नयाँ वर्षको रौनकता बढेको छ भने पर्यटकको चहलपहल पनि बाक्लिएको छ । ग्रेगोरियन क्यालेन्डरको पहिलो दिन अर्थात १ जनवरीलाई विश्व भरि नै शुभकामना साटासाट गरेर नयाँ काम थालनी गर्ने दिनको रुपमा मनाउने गरिन्छ ।
इतिहासविद्हरु यो प्रचलन सुरु हुनुपूर्व रोमनहरुले मार्च महिनालाई नयाँ वर्षको पहिलो र फेब्रअरीलाई अन्तिम रुपमा मान्दै आएको बताउँछन् । पछि सन् १५ सय ८२ मा पोप ग्रेगोरियनले चल्दै आएको पात्रोमा सुधार गर्दै जनवरी एक देखि नयाँ वर्ष सुरु हुने पद्धति सुरु गरेको बताइन्छ । जानकारहरु ग्रेगोरियन पात्रोमा रोमन सभ्यतामा सुरुवात र अन्त्यको देवी मानिने देवी जेनसप्रति समर्पित गदैइस्वी संवतको पहिलो महिनाको नाम जनवरी राखिएको र बाँकी ११ महिना पनि देवी देवता वा शक्तिशालि रोमन शासकका नामबाट राखिएको बताउँछन् ।
विश्वव्यापीकरणसँगै रोमन सभ्यताको ग्रेगोरियन पात्रोले अहिले विश्वभर प्रभाव पारेको छ । जसका कारण अंग्रेजी नयाँ बर्षले बिश्वव्यापी उत्सबको मान्यता पाउँदैआएको छ ।
क्याटेगोरी : विश्व / विविध, समाचार
ट्याग : #breaking, #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्