Techie IT
Mission Khabar

रुसको माग्नितोगोस्कमा विष्फोट, ४ को मृत्यु ४० जना सम्पर्कविहिन


काठमाडौं एजेन्सी–नयाँ बर्ष मनाइरहेको बलेला रुसको माग्नितोगोस्क शहरको एउटा भवनमा विष्फोट हुँदा चार जनाको ज्यान गएको छ । विष्फोटपछि ४० जना सम्पर्कविहिन भएका छन् ।

४८ तले भवनमा नयाँ वर्ष मनाइरहेको बेला भएको विष्फोटबाट दुई वटा फ्ल्याटमा पूर्णरुपमा क्षति पुगेको छ । १२० जना मानिस बस्दै आएको भवनको भगवशेषबाट ५० जनालाई उद्धार गरिएको अधिकारीहरुले जनाएका छन् । उद्धार गरिएकामा सात जना बालबालिका रहेको र सबै घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ । अझै, केही व्यक्ति भग्नावशेषमा पुरिएर हताहाती भएको आशंका गरिएको छ ।

न्यूनतम तापमान माइनस १७ डिग्री सेल्सियस भएका कारण उद्धारमा ढिलाइ भएमा मानवीय क्षति थप बढ्नसक्ने देखिन्छ । यता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने घटनास्थलको निरीक्षण गर्दै उद्धार र राहत कार्यमा हरप्रकारले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।


क्याटेगोरी : विश्व / विविध, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्