मोदीलाई सरकारलाई अदालतको झट्का, सिबिआईका निर्देशलाई बिदामा पठाउने निर्णय खारेज
सिबिआईका निर्देशक आलोक वर्मालाई बिदामा पठाउने मोदी सरकारको निर्णय भारतीय सर्बोच्च अदालतले रोकिदिएको छ । प्रधानन्यायाधीश रंजन गोगोई, न्यायाधीश संजय किशन कौल र न्यायाधीश केएम जोसेफको बेन्चले वर्मालाई बिदामा पठाउने निर्णय खारेजको फैशला आइतबार गरेको हो ।
सुनुवाईको फैसला गोप्य राखेर आज सुनाइएको थियो । अदालतको यो निर्णयले नरेन्द्र मोदी सरकारलाई गम्भीर झड्का लागेको छ । तर आदेशले बिदामा जान नपर्ने भनेभने वर्मालाई नीतिगत फैसलाको छुट भने दिएको छैन । सरकारले आफूलाई छुट्टीमा पठाउने निर्णय गरेपछि वर्मा सर्वोच्चको ढोका ढकढक्याउन पुगेका थिए । आलोक वर्मा र कमन कज नामक एक संस्थाले सर्वोच्च अदालतमा अपिल दर्ता गरेको थियो ।
मोदी सरकारले गएको अक्टोबर २३ मा सिबिआई निर्देशक आलोक वर्मा र स्पेशल निर्देशक राकेश अस्थानालाई छुट्टीमा पठाउने निर्णय गरेर एम नागेश्वरलाई अन्तरिम निर्देशकको जिम्मेवारी दिएको थियो ।
क्याटेगोरी : विश्व / विविध, समाचार
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्