बिवादित राजदूत शेर्पा राजीनामा दिने तयारीसहित सरसामान लिन अस्ट्रृलियामा, सुरु भयो नयाँको दौड
काठमाडौं\अस्ट्रेलिया– आफ्नो सरसामान लिन अस्ट्रेलिया पुगेकी राजदूत लक्की शेर्पाले केही दिनमै नेपाल फर्किएर राजीनामा दिने भएकी छिन् । परराष्ट्र मन्त्रालयका अनुसार फिर्ता हुन गरिएको आग्रह अनुसार नै सरसामान लिन मंगलबार पतिसँगै अस्ट्रेलिया पुगेकी शेर्पाले केही दिनमा नेपाल आएर राजीनामा बुझाउने छिन् ।
मानव तस्करी आरोपमा मन्त्रालयले छानबिन थालेसँगै नेपाल आएकी उनी जागिर जाने पक्का भएपछि बदनामीबाट बच्ने योजना सहित राजीनामा दिन राजी भएको बताइएको छ । अहिले नेपालका लागी अस्ट्रेलियाकी राजदूत शेर्पा दूतावासमा नगई क्यानबेरास्थित निवासबाट नेपाली फर्किने तयारीमा छिन् । बर्खास्तीको बेइजती रोक्न राजीनामा दिने सोचमा पुगेको शेपाको मनशाय नेपाल आउदासम्म फेरबदल नहोला भनिहाल्ने अवस्था भने छैन ।
केही दिनभित्रै अस्ट्रलियाका लागि नेपाली राजदूतको पद खाली हुनेभएपछि यसमा दौडधुप सुरु हुन थालेको छ । एकपटक बद्नामी भएसँगै योग्यता, दक्षता पुगेका बिवादरहित व्यक्तिलाई नियुक्ति दिनुपर्ने आवज उठ्न थालेको छ ।
क्याटेगोरी : विश्व / विविध
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्