मेक्सिको प्रेस जगतका लागि विश्वकै खतरनाक देश, १९ बर्षमा सय पत्रकार मारिए

एजेन्सी— मेक्सिकोमा नयाँ बामपन्थी राष्ट्रपतिका रुपमा अन्ड्रेस म्यानुएल लोपेज ओब्राडोर आएसँगै प्रेस जगतमा थप चुनौती देखापर्न थालेका छन् । पछिल्लो घटनाक्रमले मेक्सिको विश्वमै खतरनाक देशका रूपमा परिचित हुन थालेको छ ।
लोकप्रिय रहेका नेताले सेवा प्रवाह र सञ्चार माध्यमसँगको सम्वन्धमा सुधार गर्ने अपेक्षा गरिदैगर्दा उनको व्यवहार भने उल्टो देखिएको छ । गत डिसेम्बरमा कार्यभार सम्हालेका ६५ वर्षीय लोपेजले विगतको परम्परा तोड्दै हरेक हप्ताको अन्तिम दिन बिहान सात बजे पत्रकार सम्मेलन आयोजना गर्न थालेपनि पत्रकार सम्मेलनमा पत्रकारका प्रश्नको जवाफ भने कहिल्यै दिदैनन् । अझ, उनीमाथी पत्रकारहरूलाई अपमान गर्ने गरेको गुनासो पनि बढिरहेको छ । देशका राष्ट्रपतिको पत्रकारलाई गर्ने गरिएको यो अपमानले प्रेसमाथिको हिंसा बढाएको कतिपय बताउँछन् । पत्रकारहरूप्रति निरंकुश बन्ने यहाँका शासक पत्रकारहरूलाई निगरानीमा राख्ने, आलोचना गरेमा त्यस सञ्चारमाध्यमलाई तारो बनाउने जस्ता कामहरूमा क्रियाशिल देखिने गरेकाछन् ।
देशको एक लोकप्रिय पत्रिका रेफोर्मा विरुद्ध पनि पटक—पटक आक्रमण गर्दै आएको सरकारले पत्रकारहरूलाई बरम्बार धम्की दिने गरेको बाहिरिएको छ । मेक्सिको पत्रकारका लागि सधै खतरा बनिरहेको छ । सन् २ हजारदेखि आजसम्म यहाँ सय जनाभन्दा बढी पत्रकारको ज्यान गएको छ ।
क्याटेगोरी : विश्व / विविध, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १ठगी रोक्न श्रम मन्त्री कुँवरको सक्रियता, १ सय ४८ म्यानपावर कारबाहीमा !
- २गुणस्तरहीन खाद्य वस्तु बेच्ने एक सय १५ वटा उद्योग, फर्म र व्यापारी कारबाहीमा,अनुगमन जारी !
- ३उपसचिव प्रमोद नेपाल घुस रकमसहित अख्तियारको फन्दामा, के होला त कानुनी कारबाही ?
- ४नेपाली कारखानाका विदेशी कामदार हटाए नेपालीलाई राख्न संसदीय समितिको निर्देशन !
- ५आजबाट राहदानीका लागि आवेदन फारम खुल्ला, कसरी व्यवस्थापन गर्ने भीडभाड ?
तपाईको कमेन्ट लेख्नुहोस्